काठमाडौं । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि बुझाउनु भएको ६ बुँदे प्रस्तावलाई लत्याइदिनु भएको छ । हिजो अपरान्ह प्रनिनिधिसभा लेखा समितिको सिंहदरबारस्थित कार्यकक्षमा वरिष्ठ नेता माधवकुमार नेपालसँग नेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडलसँगको छलफलबाट कुनै निश्कर्ष नआएपछि नेपाल समुहले पार्टी एकताको लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पाठएको थियो ।


यो परिघटनाले एकातिर प्रधानमन्त्रीले आज लिने भनिएको विश्वासको मतबाट हात त धुनु पर्ने हुन्छ नै एमाले पार्टी नै विभाजन हुनेछ । नेकपा (एमाले) को लागि यो अत्यन्त कष्ठपूर्ण घडी बनेको छ । दुवै शीर्ष नेताको दम्भ र अहङ्कारले अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनले समेत ठूलो क्षति व्यहोर्नु पर्नेछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टी एकतालाई अक्षुण राख्न अहिले १२ बजेसम्ममा विशेष पहल र कुनै चामत्कारिक सहमति नगरेमा पार्टी फुटको औपचारिक घोषणाको मिति कुर्नुपर्ने छैन । माधवकुमार नेपाल पक्षका सांसद्हरुले राजीनामा दिने छन् ।