काठमाडौं – सत्तारुढ दल नेपका एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभामा विश्वासको मत लिंदै हुनुहुन्छ । आज दिउँसो १ बजे सुरु हुने विशेष अधिवेशनमा प्रधानमन्त्रीले प्रधानमन्त्री ओली विश्वासको मत लिन लाग्नु भएको हो । आज हुने विश्वासको मतको मतदानमा कोरोना भाइरसबाट सङ्क्रमित सांसद्हरुलाई समेत सहभागी गराइने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको परिस्थितिलाई मध्यनगर गर्दै प्रतिनिधिसभा हलमा कडा सुरक्षा व्यवस्था गरिने संसद् सचिवालयले जनाएको छ । अधिवेशनलाई आजै(सोमबार) सक्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङका अनुसार बैठक सकेसम्म छोटो बनाउने बारेमा विस्तृत रुपमा छलफल भएको बताउनु भएको छ ।


कार्यव्यवस्था परामर्श समितिले विशिष्ट अवस्थामा रहेको भन्दै विश्वास मतको प्रक्रियालाई सोमबार नै टुङ्ग्याउने निर्णय गरेको छ । विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत सांसद उभिए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउनु हुनेछ । तर, पार्टी भित्रकै असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालको छ बुँदे प्रस्तावलाई पार्टी अध्यक्षले स्वीकार नगरेको खण्डमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु हुनेछैन । एमालेले आफ्ना सबै सांसदहरुलाई विश्वासको मतको पक्षमा मतदान गर्न हिजो साँझ एमाले संसदीय दलको मुख्य सचेतक विशाल भट्टराईले ह्वीप जारी गर्नुभएको छ । तर, एमालेकै वरिष्ठ नेताद्वय नेपाल–खनाल पक्ष ओलीको विपक्षमा छ । विश्वासको मत माग्नुअघि सहमति नभए नोपल–खनाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपाल–खनालसमूहले राजीनामा दिएको अवस्थामा भने प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छैन ।


जस्ले गर्दा प्रधानमन्त्री ओली अल्पमतमा पर्नु हुने र पदबाट राजीनामा दिनु पर्नेछ । प्रधानमन्त्री विश्वासको मत लिन विफल भएपछि नयाँ सरकार गठनको प्रक्रियाका लागि राष्ट्रपतिले समयसीमा तोकेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त सांसद्लाई नयाँ सरकार गठनका लागि आग्रह गरिने छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।