काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बैशाख २७ गते प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनु हुने भएको हो । विश्वासको मत दिन एमालेले आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईद्वारा हस्ताक्षरीत एमाले संसदीय कार्यालयले जारी गरेको ह्वीप पत्रमा पार्टीका सबै सांसद्हरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्हरुले राजीनामा नदिन प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको अनुरोधलाई अस्वीकार गरेपछि पार्टी प्रमुख सचेकतक विशाल भट्टराईले भोली बैशाख २७ गते सोमबार संसद्मा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्नुभएको हो ।