काठमाडौं– आज देशभर कोरोना भाइरसको सङ्क्रमणलाई जितेर चार हजार बाइस जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज ८ हजार ८ सय पचास जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५२ जना र अन्य गरी ८८ जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनु भएको छ ।
डा। गौतमका अनुसार आज देशभर कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८ सय ५० रहेको छ भने देशभर आजसम्म सक्रिय सङ्क्रमित हुने बिरामीहरुको सङ्ख्या ८८ हजार १ सय ६० रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ८ हजार ७ सय ७७ र एन्टिजेन परीक्षणबाट ७३ जना नयाँ सङ्क्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।