काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि दुई नेता सिंहदरबार पठाउनु भएको छ । खनाल–नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबारमा छलफल भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुग्नु भएको हो ।
अहिले संसद् सचिवालयमा नेता नेपालसँग पौडेल र नेम्वाङले वार्ता चलिरहेकोे छ ।  छलफलमा पौडेल र नेम्वाङले राजीनामा रोक्न आग्रह गरेको बुझिएको छ ।  ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।