काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ । कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो ।
आइतबार अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गर्नु भएको छ ।