काठमाडौं – तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर हिजो शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ बैठकले परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टीले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताउनु भएको छ ।