काठमाडौं – वर्तमान राजनीति गतिरोधको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यून गर्न प्रतिपक्षी दलहरुले मोर्चा कस्दै लगेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच बिहान देउवा निवास बुढानिलकण्ठमा छालो छलफल भएको छ ।
काङ्ग्रेस सभापति देउवालाई भेट्न अध्यक्ष ठाकुर र महतो आज बिहान देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । काङ्ग्रेस सभापतिसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपाका नेता ठाकुर र महतो प्रधानमन्त्री ओलीकै पक्ष वकालत गर्दै आउनु भएको थियो । तर जसपाकै सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने जसरी पनि ओलीलाई सत्ताच्युत गर्नु पर्छभन्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा उभिंदै आउनु भएको छ । यद्ययि, आगामी सरकारको नेतृत्वको विषयमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय भने गरिसकेको छैन । एमालेको खनाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने र ओलीको सत्ताच्युत हुने अवस्था पक्का भएमा जसपा पुरै विश्वासको मतको विपक्षमा उभिने सम्भावन देखिएको छ ।