काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठक केही सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल र सभामुख सहित पाँच जना सदस्य रहेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको उपस्थिति नरहेको उक्त बैठकमा प्रधामन्त्री केपीशर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै सहभागी रहनु भएको छ ।
अहिले बसिरहेको बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ । कुनै ठूलो भवितव्य नभए सम्भवत प्रधानमन्त्री ओली भोलिबाट सत्ताच्यूत हुनु हुनेछ । जाँदाजाँदै प्रधानमन्त्रीले संवैधानिक आयोगहरुमा रिक्त रहेका पदहरुमा आफ्ना मानिसहरुलाई नियुक्ति गर्न आज संवैधानिक परिषद्को बैठक बसेको विश्लेषण गरिएको छ । आज बसेको परिषद्को बैठकले लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोगका साथै अरु आयोगहरुमा रिक्त रहेका ठाउँमा सदस्यहरुमा नियुक्त गर्ने छ ।