काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग विशेष आग्रह गरेको छ ।
काङ्ग्रेसको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा बेड नपाएर उपचारबाट बञ्चित हुनुपरेको अवस्थालाई विशेष प्राथमिकता दिएर काम गर्न सरकारलाई संवेदनशील हुन अनुरोध गरेको छ ।
कोभिड—१९ अनुगमन समितिको संयोजक समेत रहनुभएका काङ्ग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले आवश्यकतानुसार देशका विभिन्न ठाउँमा कोरोना भाइसर सङ्क्रमितहरुको उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गर्दै हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न सरकारसँग माग गरेका छन् ।