काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । हप्ताको दुई पटक सोमबार र बिहीबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । आकस्मिक रुपमा अहिले बसेको मन्त्रिपरिषद्को बैठक बैशाख २७ गतेको विश्वासको मत लिन आह्वान गरिएको संसद्को विशेष अधिवेशन र माधवकुमार नेपाल समूहको रणनीतिमा केन्द्रीत हुने बुझिएको छ । अहिले बसिरहेको बैठकले प्रतिनिधिसभा विघटन गर्नेदेखि विशेष २६ जना सांसद्हरुमा देखिएको कोरोना भाइरस सङ्क्रम देखिएको अवस्थालाई कारण देखाएर विशेष अधिवेशन २÷४ दिन परसार्नेसम्मका विषयमा छलफल हुनसक्ने स्रोतको भनाइ छ ।