काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संवैधानिक परिषद्को बैठक बेलाउनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताउनु भएको छ भने प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई समेत अपील गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गर्नु भएको छ । संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरङ्कुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उहाँले भन्नु भएको छ, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’