काठमाडौँ– संसद् सचिवालयमा सांसद तथा कर्मचारीहरुको गत बैशाख २२, २३ र २४ गते गरिएको १ हजार २ सय ३५ जनाको पिसिआर परीक्षणमा १ सय ६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । २ सय ५ जना सांसद्हरु, कर्मचारीहरु तथा अन्य गरी १ हजार ३० जनाको कोरोना परीक्षण गरिएकामध्ये १ सय ६० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
परीक्षण गरिएकामध्ये ११ दशमलव ९७ प्रतिशतको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । १९ जना सांसद्हरु र सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १ सय ४१ गरी १ सय ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।