काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले नेपालमा पनि मानवीय क्षति बढाउँदै गएको छ ।
स्वास्थ्य मन्त्रालयकले जनाए अनसार काठमाडौं उपत्यकामा आज थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना नयाँ सङ्क्रमित देखिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ९ सय ८७ जनाको पीसीआर तथा ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।