काठमाडौँ– अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएसँगै भोलि शुक्रबारदेखि वैदेशिक रोजगार सम्बन्धी श्रम स्वीकृतीका कामहरु पनि अनिश्चित कालका स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द रहेसम्मका लागि अन्तिम श्रम स्वीकृती, नयाँ श्रम स्वीकृती, भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने पुन श्रम स्वीकृतीका कामहरु स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभागले जनाएको छ ।
अनलाइनबाट पुन श्रम स्वीकृती लिने काम भने जारी राखिएको जनाइएको छ । बिहीबार रातीदेखि लागु हुने गरि अन्तर्राष्ट्रिय उडानहरु अनिश्चित कालका लागि बन्द हुँदै छन् । यसबीचमा भारतसँगको उडान मात्र सातामा दुईपटक हुने छ ।