काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त हुनु भएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले निरौलालाई प्रमुख सचेतकमा नियुक्त गर्नु भएको हो । मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरे पश्चात् रिक्त रहेको उक्त पदमा निरौलालाई नियुिक्त गरिएको हो । 
    नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो ।  निरौलालाई गत १७ गते प्रमुख सचेतकमा नियुक्त गरेको भनिएता पनि बागमती प्रदेश सभा सचिवालयमा भने जानकारी गराइएको थिएन । मुख्यमन्त्री पौडेलले आज बिहीबार मात्र बागमती प्रदेशसभा सचिवालयलाई निरौलालाई प्रमुख सचेतकमा नियुक्त गरेको बारे जानकारी गराउनु भएको हो ।