काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । आज बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । 
यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय भएका थिए । स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।