काठमाडौं – नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसद्सहित ६ सय ९ जनाको स्वाव सङ्कलन गरिएको छ । यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसद्मा जाने व्यक्तिहरुको कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको हो ।
आज बुधबार र भोलि बिहिबार २ दिन स्वाव सङ्कलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव सङ्कलन गरिएको संघीय संसद्का सहप्रवक्ताले जानकारी दिनु भएको छ ।