काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुग्नु भएको छ । नेकपा एमाले अध्यक्षसमेत रहनु भएका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुग्नु भएको देउवाका स्वकीय सचिवले जानकारी दिनुभएको छ । मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इतर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुग्नु भएको बुझिएको छ । यहि आउँदो वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुग्नु भएका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ ।