काठमाडौं –पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।