काठमाडौं – काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
शम्भु गोरखाको आरु घाटस्थित बोर्डिङ स्कुलका शिक्षक हुन् । सो स्कुलमा पढ्ने १४ वर्षीय किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ । मंगलबार बिहान पक्राउ परेका शम्भुमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।