काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गर्नुभएको छ । आज बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गर्नुभएको हो ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि हिजो मङ्गलबार राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नुभएको थियो ।