काठमाडौं – सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद् सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सङ्घीय सांसद्हरु, महासचिव, सचिव, संसद् सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिदै छ । भोलि सङ्घीय संसद् रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब सङ्कलन गरिने संसद् सचिवालयले जनाएको छ ।