काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलबार संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गर्नुभएको हो ।
सरकारले यस अघि पनि गत मङ्सिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगहरुमा पदाधिकारीहरु नियुक्त गरेको थियो ।