काठमाडौं – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजन गरी पूर्ववत नेकपा (एमाले) र नेकपा(माओवादी) नै कायम रहने फैसला गरेपश्चात् सत्तारुढ दल एमाले र माओवादी बीच विवाद बढ्दै आएको छ । यसैका आधारमा नेकपा (माओवादी) का व्यक्तिहरुलाई ओली सरकारले राजनीतिक असहिष्णुताको चरित्र प्रदर्शन गर्दै गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखहरुलाई अपदस्थ गरी नयाँ नाम सिफारिस गर्नुभएको छ । उहाँहरु दुवैजना नेकपा (माओवादी) निकट भएका कारण पदमुक्त गर्न सिफारिस गरिएको हो । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।