काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताउनु भएको छ । आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २ सयभन्दा बढी कोरोना सङ्क्रमित रहेको  र १५ जिल्लामा ५ सय भन्दा बढी कोरोना सङ्क्रमित रहेको बताउनु भएको छ । उहाँले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको पनि बताउनु भएको छ । 
नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक ÷एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताउनु भएको छ । उहाँले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै सरकारले आज बैशाख २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय गरेको पनि जानकारी दिनुभएको छ ।