काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई कोभिड–१९ को सङ्क्रमणलाई लिएर अनावश्यक रुपमा आतङ्कित नहुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो महामारीले कसैलाई पनि नछोड्ने भन्दै यसप्रति खेलाची र लापरवाही नगर्न गर्नुभएको छ । प्रधानमन्त्रीले गत वर्ष नागरिक तहबाट लापरवाही भएकाले सङ्क्रमण तीब्र भएको भन्दै यसपटक संयमता र धैर्यता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।
कोरानाबाट बच्नका लागि सुरक्षा कवज अपनाउन साबुनपानीले हात धुन, घरमै बस्न, घरबाट बाहिर निस्कन परे अनिवार्य र सही तरिकाले मास्क लगाउनका साथै भिडभाड नगर्न, भिडभाडमा नजान, भोजभतेर घरमै गर्न, हल्लाबाट टाढै रहन पनि प्रधानमन्त्रीले सम्बोधनमार्फत् सबैसँग आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका कदममा सबैको साथ र सहयोग मिल्ने अपेक्षा गर्दै चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मीलगायतलाई आवश्यक सहयोग गर्न आफ्नो सम्बोधनमार्फत् अनुरोध गर्नुभएको छ ।