काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताउनु भएको छ । आफ्ना देशवासीलाई सम्बोधन गर्दै कोरोना विरुद्ध खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि पहिलो मुलुक नेपाल भएको बताउनु भएको छ ।

उहाँले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताउनु भएको छ । अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै प्रधानमन्त्री ओलीले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिनुभएको छ ।