काठमाडौं– नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढ्दो छ । संक्रमित मात्रै होइन,मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । स्थिति निकै भयावह हुँदै गइरहेको अवस्था छ । जनताको अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकार भने यस्तो महामारीका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । गएको साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भन्दै लज्जास्पद विज्ञप्ति निकाल्यो ।

आखिर जनता कहाँ जाने ? सकस पर्दा अस्पतालमा शैया छैन,सास फेर्न गाह्रो हुँदा अक्सिजनको सिलिन्डर छैन । राहत प्रदान गरिदिने औषधी छैनन् । कोरोनाका कारण ज्यान गुमाएका आफन्तलाई अन्तिम पटक अँगालो हाल्न नपाउँदा,अन्तिम पटक ‘दर्शन’ गर्न नपाउँदा,टाढैबाट अन्तिम संस्कार गर्नुपर्दा,टमक्क बेह्रिएको आफन्तको शवलाई एउटा निश्चित परिधिभित्र रहेर अरु कसैले डो¥याइरहेको नियाल्दा,छाती कति चिरिन्छ । यस्तै बनेको छ, पशुपती परिसरमा आफ्नालाई अन्तिम पटक विदाई गर्न आएका आफन्तको चित्कार र रोदन ।