लुम्बिनी – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्ति भएका छन् । उनले आज बिहानमात्रै मुख्यमन्त्री पदबाट राजनीतिमा दिएका थिए । यता सांसद्हरुले पुनर्नियुक्तिको लागि आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको बताए छन् । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको भन्दै आक्रो व्यक्त गरेका छन् ।
दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दृगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेको सदस्य नरहेको दावी गर्दै आएका छन् ।