बुटवल– लुम्बिनी प्रदेश सरकारका विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पनि यहाँको राजनीतिले नयाँ मोड लिएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले पदबाट दिएको राजीनामासँगै सरकार गठनमा नयाँ मोड लिएको हो । सांसद् पाण्डले सभामुखसमक्ष राजीनामा पेश गरेका हुन् । राजीनामा भने स्वीकृत भैसकेको छैन । सांसद् पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि कामचलाउ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको पुनः मुख्यमन्त्री बन्ने चाहान पुरा हुने छैन । भावि मुख्यमन्त्रीका रुपमा नेकपा(माओवादी)का प्रदेशसभा सांसद् एवम् पूर्वमन्त्री समेत रहेका कुलप्रसाद केसीले बाजीमार्ने देखिन्छ ।