काठमाडौं– पछिल्लो २४ घण्टामा ५ हजार ७ सय भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६ सय ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
 पछिल्लो २४ घण्टामा मात्रै ९ सय २८ जना निको भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २ सय ८९ पुगेको छ । हालसम्म २४ लाख ७३ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।