काठमाडौं – खानेपानी मन्त्री मणि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको हो । थापाको सचिवालय स्रोतले बताए अनुसार– ‘शुक्रबार विहान आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखियो,’। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । 
 चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।