काठमाडौं – कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १ हजार ९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३ सय ५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
 त्यसैगरी ३ सय ८१ वटा साना जिप÷कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १ सय ८४ वटा ठूला सवारी साधन पनि प्रहरीको फन्दामा परेका छन् । अधिकारीका अनुसार –‘साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं ।’ तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।