काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना सङ्क्रमित थपिएका छन् । 
 काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टा ८ सय ८८जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय सङ्क्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९ सय ६३ एन्टिजेन परीक्षण भएको छ ।