काठमाडौं – देशभर ४ हजार ९ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा लागेकै दिन आज बिहीबार उपत्यकासहित विभिन्न स्थानमा गरी देशभर ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।