रासस
काठमाडौं – यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।
विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो । गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखेता पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अझै पनि विभागले झण्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।