काठमाडौं – निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मङ्गलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो । सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन । हवाई उडानका यात्रुको सहजीकरण गर्न प्राधिकरणले साझा यातायातका बस सञ्चालन गर्ने निर्णय गरेको हो ।
मङ्गलबारको बैठकले वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघसंस्थाका कर्मचारी तथा सवारी साधनलाई विगतमा झैं आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमतिपत्र जारी गर्ने भएको छ ।

आन्तरिक हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल जान–आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था मिलाउने निर्णय समेत गरेको हो ।