काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो । कोभिड–१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको छ । विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने विभागले जनाएको छ ।