काठमाडौं–  उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्दै गएका छन् तर विभिन्न बाहनामा भीडभाड हुने क्रम रोकिएको छैन । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेको भीड अत्याधिक रुपमा बढेको छ । मंगलबार बिहानैदेखि सो अस्पतालमा भ्याक्सिन लगाउनका लागि नेपाल प्रहरी कर्मचारीसहित सर्वसाधारणसम्म जम्मा हुँदा अत्यधिक भीड लागेको हो । भीड निकै अव्यवस्थित रहेको छ भने कुनै सामाजिक दूरी पालना भएको देखिदैंन ।

    मानिसहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि ठेलमठेल गरेर लाइन लागिरहेको अवस्था छ । जसका कारण  कोरोना सङ्क्रमण सर्ने जोखिम उच्च देखिएको छ । अस्पताल स्रोतका अनुसार एक दिनमा प्रहरी अस्पतालमा २ हजार जनालाई खोप लगाउन सकिने क्षमता रहेको छ तर ५ हजार बढी जम्मा भएका छन् ।