जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क वितरण थालिएको हो । —रासस