राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखुमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गर्नुुभएको हो । मध्यपुर सञ्चार समाजले आयोजना गरेको प्रदर्शनीमा गोरखा भूकम्पबाट क्षति भएका काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रका पुरातात्त्विक सम्पदा, मठमन्दिर, गुम्बा, सार्वजनिक संरचना, निजी घरलगायत तस्वीर राखिएको छ ।

प्रदर्शनीमा खासगरी धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, स्वयम्भू, जयवागेश्वरी, विश्वरुपा, पाटन दरबार, कुम्भेश्वर, बुङ्मती, इन्द्रायणी, भक्तपुर दरबार क्षेत्रका दत्तात्रय, सूर्यमढी, मध्यपुरथिमिलगायत भूकम्पबाट क्षति भएको अवस्थाका सम्पदाका तस्वीर समेटिएको छ । अरनिको राजमार्गको कौशलटारमा भूकम्पबाट भास्सिएर क्षतिग्रस्त सडकसहित १०७ तस्वीर प्रदर्शनीमा राखिएको जनाइएको छ । तस्वीरमा खास गरी भूकम्पपछि भत्किएका सम्पदा र घरका क्षतिग्रस्त अवस्था, घाइतेको उद्धारमा संलग्न सुरक्षाकर्मी, भत्किएका सरचना हटाउन भइरहेका प्रयासलगायत अवस्था समेटिएको छ ।

आयोजक समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले प्रदर्शनीका लागि आफूलाई प्रेरित गर्नाका साथै राससको समेत चिनारी र ओज बढ्ने विश्वासका साथ प्रदर्शनी आयोजना गरिएको फोटो पत्रकार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकार श्रेष्ठले प्रदर्शनीमा राखिएका ऐतिहासिक महत्वका तस्वीर सबैको कौतुहल र चासोका विषय बन्ने धारणा राख्नुभयो । प्रदर्शनीमार्फत विसं २०७२ वैशाख १२ का मुख्य र त्यसपछि वैशाख १३ र २९ गतेका ठूला परकम्पबाट क्षतिग्रस्त विकराल दृश्यको स्मरण गराइएको छ ।