काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक आह्वान गर्नुभएको छ । सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक आह्वान गर्नुभएको हो । बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । १४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले बताएक छन् ।
कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको भएको छ । उक्त बैठकका एजेन्डा तय गर्नको लागि पनि आज पदाधिकारी बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो ।