काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हाबी भएको आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त्य भएको भन्दै थापाले दलहरूले धोका दिएर राजसंस्थालाई पाखा लगाएको समेत बताउनु भएको हो ।

उहाँका अनुसार,– ‘आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएको थियो । सम्झौताअनुसार राजाले राजीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारीहरूले धोका दिएर राजसंस्थालाई पाखा लगाएका थिए । अहिले लोकतन्त्रको आवरणमा ब्रह्मलुट, धर्मपरिवर्तन र सर्वसत्तावाद हाबी भएको छ ।’