काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन् । नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इञ्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।


अहिले मुलुकमा नयाँ–नयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई आयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इञ्जिनियरिङ क्षेत्रले विकास गर्नुपर्ने बताएका छन् । मुलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरु बीना सम्भव नभएको पनि बताए ।