काठमाडौं — नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । आजको यस बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी रहेको छ ।