काठमाडौं — आज दिउँसो नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिको बारेमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरेको थियो । तर आज सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।