काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे आह्वान गरेको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनको बारेमा छलफल गर्नको लागि बैठक आह्वान गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जानकारी दिनुभएको छ ।
अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् । तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादी केन्द्रले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।