काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्नको लागि बैठक बस्न लागेको हो । यस अघि चैत ३० गते तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।