काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा भोलि ११ बजे सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको जानकारी गराउनुभएको थियो । तर उहाँले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी भने दिनुभएको छैन् ।